धादिङ। पृथ्वी राजमार्गको गजुरी बजारमा बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको छ।
विद्यालय जाँदै गरेको बेला बाटो क्रस गर्ने क्रममा जेव्रा क्रसिङमा नै बसको ठक्करबाट स्थानीय विजय परियारको मृत्यु भएको हो। काठमाडौंबाट गोर्खातर्फ जाँदै गरेको ग१ख ४५६५ नम्वरको बसले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उनको मृत्युपछि स्थानीयको आक्रोशित भिडले बसमा तोडफोड र आगजनी गरेको छ। मृतक बालक गजुरीस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन्।
स्थानीयले पृथ्वी राजमार्ग अबरुद्ध गर्दै चालकलाई कारबाही र बालकका परिवारलाई क्षतिपूर्ति माग गरेका छन्। गाडी चालक भने भागेका छन्।