काठमाडौं। प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ।
२०७९ मङ्सिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन , २०७४ को दफा ८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई अधिकृतमा खटाएको आयोगले जनाएको छ। असोज ११ गतेदेखि लागू हुने आयोगले अधिकृतहरू नियुक्त गरेको जनाएको छ।
नियुक्त हुनुभएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले असोज १२ र १३ गते हुने निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तालिम दिने जनाएको छ।
निर्वाचन अधिकृतको नामावली:
