धनगढी । कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा श्रीमान्ले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए।
वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। आज बिहान घटना घटाइ फरार रहेका उनलाई गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
उनले आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या र आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका थिए।