धनगढी । कैलालीमा श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका हुन्।
वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ।
शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र आज बिहान घटना घटाइ फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छउनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका छन्।
उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ। शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।