काठमाडौं । धनगढीमा अनशन बसेका डाक्टर गोविन्द केसी काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। गत भदौ २७ गतेबाट धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं आमरण अनसन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।
विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसी अनशनको १०औँ दिन आज आफ्नै खर्चमा ४ः४५ बजेको फ्लाइटबाट काठमाडौँ आएका थिए।