धनगढी । राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन आवद्ध युवाले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा धनगढीमा प्रदर्शन गरेका छन् ।
धनगढीको पार्कमोडमा आज साँझ प्रदर्शन गरेका हुन् । राष्ट्रपति भण्डारीले नागरिता विधेयक पारित नगरेको भन्दै प्रदर्शन गरिएको हो । उनीहरुले राष्ट्रपतिको समर्थन तथा गठबन्धनको विरोध गरेका छन् ।
राष्ट्रपति भण्डारीको निर्णयलाई सम्मान गर्दै प्रदर्शन गरिएको उनीहरुले बताएका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनको समर्थन र विरोध भइरहेका छन् ।