काठमाडौँ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका हुन् ।राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने म्याद आजै मध्यरातिदेखि सकिँदैछ ।