काठमाडौँ । मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना गर्नेगरी निर्णय गरेको हो ।
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यविधमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा तोकिने उल्लेख भएअनुसार निर्णय भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।






