काठमाडौँ । अभियुक्तको परिचय गोप्य राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटाले आरोपी तथा अभियुक्तको परिचय गोप्य राख्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ ।‘यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी अभियोग लागेका अभियुक्तलाई न्याय सम्पादन गर्ने क्रममा सांकेतिक ना प्रदान गर्नु भनी विपक्षीको नाममा संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम परमादेश आदेश जारी गरी पाऊँ,’ रिटमा उल्लेख गरिएको छ ।
पीडक भनिएको व्यक्तिले सफाइ पाएमा न त उचित क्षतिपूर्तिको व्यवस्था नरहेको भन्दै रिट निवेदकहरूले अपराध पुष्टि नभएकै अवस्थामा अभियुक्तको चरित्र हत्या गर्ने गरी परिचय सार्वजनिक गर्दा पछि अपराधबाट सफाइ पाउँदासमेत समाजमा निजप्रति कलुषित धारणा बनिसकेको हुने दाबी गरेका छन् ।