धनगढी । कैलालीमा हतगडीसहित थुनुवा भागेका छन् । ईलाका प्रहरी कार्यालय सडकपुरबाट सोमबार लागु औषधसहित पक्राउ परेका बर्दगोरिया गाउँपालिका-२ का अन्दाजी २८ वर्षीय जुगराम चौधरी हतगडीसहित भागेको प्रहरीले जनाएको छ ।
चौधरी राति करिब साढे १० बजेतिर भागेर फरार भएकोमा उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।उनलाई प्रहरीले दुई ग्राम लागु औषधसहित पक्राउ गरेको थियो ।