काठमाडौँ । हालै निधन भएकी बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सम्पन्न भएको छ ।
राजधानी लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि कार्यक्रम गरिएको हो ।
महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल दरबारमा निधन भएको थियो ।
राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको थियो ।