काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पनि आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
सोमबार अपरान्ह निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको उम्मेदवारहरुको नामावली बुझाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
उनले संविधान र कानुनको परिधिभित्र रहेर आफ्नो पार्टीले प्रदेशसभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाइएको बताए ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ । तर प्रदेशसभाको सबै सिटमा भने उम्मेदवार नदिइएको नेता केशव झाले बताए । उनका अनुसार प्रतिनिधिसभाको भने सबै सिटमा जसपाले उम्मेदवारी दिएको छ ।
निर्वाचन आयोगले भने दलहरुलाई नामावली सच्याउनका लागि असोज १६ गतेसम्मको समय दिइएको र २२ गते त्यसको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।