काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा समेटिएका छन् ।
खस आर्य समुदायबाट महरा एक नम्बर समानुपातिकमा सूचीमा समेटिएको एक नेताले बताए । माओवादीले सोमबार निर्वाचन आयोगलाई सूची बुझाउने क्रममा महराको नाम समेत समानुपातिक सूचीमा राखेर पठाएको हो । तर, प्रवक्ता महराले आफ्नो समानुपातिक सूचीमा जाने इच्छा भएको प्रतिक्रिया दिए ।
महरा दाङ क्षेत्र नम्बर २ बाट र एकबाट सिफारिस भएका थिए । तर, उनी दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले छोडेका छन् ।
महासचिव पोखरेलसँग गठबन्धन हुँदा समेत प्रतिस्पर्धा गाह्रो हुने देखेपछि महरा समानुपातिकतिर गएका हुन् । महरा २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट चुनाव जितेका थिए । दोस्रो जनआन्दोलनपछि अन्तरिम विधायक, २०६४ साल, २०७० साल र २०७४ सालमा प्रत्यक्ष निर्वाचित भएका थिए । उनी उपप्रधानमन्त्री सहित ५ पटक मन्त्री भइसकेका छन् ।