काठमाडौँ । काठमाडौँ उपत्यकामा नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आउने भएको छ ।
काठमाडौँ महानगर र नेपाल एम्बुलेन्स सर्भिसको संयुक्त कार्यक्रम अनुसार उपत्यकामा नि:शुल्क एम्बुलेन्स सेवा केहि दिनमा सञ्चालनमा आउने भएको हो ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले आवश्यक परेको बेला महानगरले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा एम्बुलेन्सका तस्बिरहरु राख्दै यस्तो बताए । उनले आवश्यक परेको बेला १०२ मा कल गरेर सेवा लिन सकिने जानकारी गराएका छन् ।