कञ्चनपुर। कञ्चनपुरमा तीन जनाको शव फेला परेको छ । जिल्लाको पुनर्वासमा पर्ने दोदा नदी किनारको उखु बारीमा पहिचान नखुलेका तीन जनाको शव फेला परेको हो ।
आइतबार दिउँसो ४ बजेतिर लालझाडी गाउँपालिका-१ मा पर्ने दोदा नदी किनारको उखुबारीमा दुईजना र पुनर्वास-१० स्थित दोदा किनारमा एक जना गरी तीन जनाको शव सडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार उक्त फेला परेका शवहरू तत्कालका नभएर केही समय पहिलेका शवहरू भएको जानकारी दिए ।