काठमाडौं । सरकारले २०७७/७/२७ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय खारेज गरेको छ ।
भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय खारेज गरेको हो । उनकाअनुसार बैठकले उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको छ ।
