काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपालले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।
प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग नगद छ लाख रुपैयाँ घुस लिइसकेको र साथमा थप १६ लाख ५० हजार रुपैयाँ नगद भेटिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो। आयोगले दुवै रकम अवैध कमाइ भएको निष्कर्ष निकालेको छ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालविरुद्ध २२ लाख ५० हजार रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको छ।