काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक दुर्गा विक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।
उनीसहितको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीमा प्रवेश गराएका हुन् । विकसहित थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं नेकपा(एस) काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी पनि माओवादी प्रवेश गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका नेताहरू विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत पनि माओवादीमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले टीका खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । प्रवेश