काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानको लिखित प्रतिमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
जबराले दिएको बयानलाई प्रमाणित गर्न सिंहदरबारमा जारी बैठकमा उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश जबराले बयानको लिखितप्रति ठूलो भएकाले हस्ताक्षर गर्न नमानेको समितिका सदस्य एवं नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले जानकारी दिए।
समितिले लिखितरूपमा तयार पारेको बयानको प्रति उनलाई हस्ताक्षरका लागि एक हप्ता अगाडि नै उपलव्ध गराएको थियो।
हस्ताक्षर गर्न अस्वीकार गरेपछि समितिका सदस्यहरूले १७४ पृष्टको लिखित बयान पढेर जबरालाई सुनाइरहेका छन्।
उनले हस्ताक्षर गरेपछि फेरि उनीमाथि पूरक बयान लिने समितिको तयारी छ।
जबराको बयान आजै सक्ने र सम्भव भएसम्म प्रतिनिधि सभाको समितिमा प्रतिवेदन बुझाउने समितिको तयारी छ।