धनगढी । कैलालीको गोदावरी आर्यघाटमा हिजो (बुधबार) भेटिएको मानव कंकाल गायव भएको छ । बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थलमा गएको भएपनि मानव कंकाल फेला नपरेको डिएसपी रविन्द्र पाण्डेले बताए ।
उनले घटनास्थलमा बिहानै देखि प्रहरीको टोलीले खोजी गरेपनि मानव कंकाल फेला नपरेको बताए । उनले शव रातीको समयमा जंगली जनावरले खाएको हुन सक्ने बताएका छन् ।
बुधबार मलामी गएका स्थानीयले आर्यघाटमा आधा जलेको अवस्थामा मानव कंकाल फेला पारेपछि इलाका प्रहरी कार्यालय मालाखेतीलाई खबर गरेका थिए । तर साँझ परीसकेको हुँदा राति घटनास्थलमा प्रहरी पुग्न सकेन । आज बिहानै घटना स्थलमा प्रहरी पुगे पनि अहिले उक्त स्थानबाट मानव कंकाल गायव भएको हो ।
डिएसपी पाण्डे सहित गएको टोलीले आज सो क्षेत्रमा मानव कंगाल फेला नपारेपछि मानव कंकाल कता हरायो भन्ने आशंका स्थानीयले गरेका छन ।