धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्टलाई नियुुक्त गरेको छ ।
विष्ट यसअघि आयोगको सदस्य पदमा कार्यरत थिए । यसअघि उपाध्यक्ष रहेका केशरबहादुर साउँदले नेकपा एमालेको विभाजनताका पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त थियो ।
बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले सदस्य विष्टलाई नै उपाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । विष्टले बुधबार नै पदभार ग्रहण गरेका छन् । ०७७ पुुसमा गठित आयोगमा महिला सदस्य भने सुरुदेखि नै रिक्त छ ।