काठमाडौँ । बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेका छन् ।
बिहीबारका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।