काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेको बताएका छन् ।
स्व. नेता पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा तीब्र गतिमा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
आगामी निर्वाचनमार्फत आफूहरू देशको पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गर्दै उनले जनताले आफूहरुलाई देशको जिम्मा दिन लागेको बताएका हुन् । ‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’