काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बिहीवार) बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । यसअघि बैठक बुधवार दिउँसो बसेको थियो ।
