काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक सूची नदोहोर्याउने भएको छ । आज बालुवाटारमा बसेको बैठकले अघिल्लोपटक समानुपातिकमा उठेकाहरूलाई यसपटक नदोहोर्याउने निर्णय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले उमेदवार बनाउँदा जनजाति, महिला, लोकतन्त्रको आन्दोलनमा योगदान दिएकाहरूलाई प्राथमिकता दिने नीति लिएको छ ।
प्रत्यक्षमा चुनाव जित्नेलाई मात्र उठाउनेगरी मापदण्ड तय भएको उनले बताए । त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ ।