काठमाडौं। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले नाम लिएकाहरूलाई बोलाउने निर्णय गरेको छ।
बुधबार बिहान बसेको समिति बैठकले बयानका क्रममा जबराले नाम लिएका लिएकाहरूलाई बोलाउने निर्णय गरेको हो।
बयानको क्रममा जबराले आफूसँगै बेन्चमा बसेर संसद पुनर्स्थापना भएको घोषणा गर्ने सबै न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराईको नाम लिएर विभिन्न आरोप लगाएका थिए।
यस्तै, जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल, बहालवाला न्यायाधीश र अधिवक्ताहरूलाई बोलाइने छ। बिहीबार बिहानदेखि बेलुकीसम्म उनीहरूको बयान गर्ने तयारी छ।
समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ।
जबराको बयान भने समितिले मंगलबार लिइसकेको छ। जबराको बयानमा प्रतिप्रश्न गर्न समितिले उनलाई फेरि बोलाउने छ।
समितिले जबरालाई विभिन्न विषयमा ४३ वटा प्रश्न सोधेको थियो। जबराले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस
ढिलोमा असोज १ गतेसम्म महाअभियोगबारे समितिले काम सक्ने तयारी गरेको छ।
जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाअभियोग दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा छन्।