काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ ।
मङ्गलवार गैरआवासीय नेपाली सङ्घ र बीबी फाउन्डेशनको संयुक्त पहलमा काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्याउन आवश्यक रहेको बताए ।