काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा राष्ट्रपति भण्डारी र थापाबीच समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
पछिल्लो समय बिबादमा रहेको नागरिकता विधेयकको विषयमा थापाको धारणा फरक रहेको छ भने राष्ट्रपतिले चालेको कदमको पक्षमा आफूलाई उभ्याएका छन् । नागरिकता विधेयकबारे थापाले सामाजिक संजालमार्फत कडा आपत्ति प्रकट गरिरहेका छन् ।