काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित आज नेपाल भ्रमणमा आउँदै छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी सोमबार अपराह्न काठमाडौंमा उत्रँदै छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । तिब्बती शरणार्थीले गर्न सक्ने विरोधलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चीनका राष्ट्रपति सीले सीपीसीको २० औं जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । उनी रुस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ । मन्त्रीस्तरका ६ नेतासमेत रहेको लीको टोली विशेष विमानमा नेपाल आउन लागेको परराष्ट्रले जनाएको छ ।