पोखरा । पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ । सीएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । आइतबार एक कार्यक्रम गरी यस बारे जानकारी दिइएको हो ।
पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ५ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी वा शैक्षिक संस्थामा आवद्ध नभएका तर पुस्तक पढ्ने र पुस्तक समीक्षा गर्न इच्छुक व्यक्ति खुला रूपमा सहभागी हुन सक्नेछन् ।
प्रतियोगितामा भाग लिन चाहनेले ३१ भदौदेखि २८ असोजसम्म बुकमार्ट पोखरा प्रालि पुगेर नाम दर्ता गर्न सक्ने जनाइएको छ ।विद्यालयको तर्फबाट प्रतिस्पर्धा गर्न चाहने विद्यार्थीले भने विद्यालयबाट सिफारिस पेस गर्नुपर्ने आयोजक बुकमार्ट प्रालिले जानकारी दिएको छ ।