काठमाडौं। पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ३ हजार ५८७ जनाको कोरोना परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१ जना सङ्क्रमणमुक्त भएका छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ।
त्यस्तै, हाल देशभर २ हजार ३१६ सक्रिय संक्रमित रहेका छन्।