काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । छलफल बिनानिष्कर्ष सकिएको छ ।
शनिबार सिट बाँडफाँटबारे छलफल भएपनि सहमति हुन नसकेपछि बैठक पुन आज बस्न लागेको हो । बिहान ८ बजे बैठक बस्दैछ ।
आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन सो बैठकमा छलफल हुनेछ ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ ।