काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष सकिएको छ ।
आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका नेताहरूको बैठक सहमतिमा पुग्न नसकेको हो ।
सिट बाँडफाँटबारे छलफल भइपनि सहमति हुन नसकेको जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए । अर्को बैठक भोलि बिहान ८ बजे फेरि बस्ने जनाएको छ ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ ।