काठमाडौँ । आसन्न प्रतिनिधिसभा, प्रदेससभाको निवार्चनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ ।
सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ । यस अघि गुल्मीको क्षेत्र नं. १ बाट पनि (प्रचण्ड)लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ ।
यस्तै ‘प्रचण्ड’लाई बागलुङ क्षेत्र नम्बर २ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।