काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
छनोटको समूह 'बी'मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताएका छन्। प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेको समेत बताए ।प्रशिक्षक केसीले तीन महिनाबाट प्रशिक्षण गरिरहेको कारण प्रतियोगिताका लागि टिम तयार रहेको समेत बताए ।
नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू(२० एसियन कपमा स्थान बनाउने छन् ।