दार्चुला । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ। जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा परि थप एक महिलाको मृत्यु भएको छ।
नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो। यस अघि सोही ठाँउकी अन्दाजी १३/१४ बर्षीय मदे ठगुन्नाको मृत्यु भएको थियो ।
पहिरोले ७/८ ओटा घर पुरेकाले क्षतिको विवरण आउन बाँकी रहेको छ । लगातारको बर्षाले उद्धार कार्यमा समेत कठीनाइ भएको स्थानीयहरुले बताएका छन् ।अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको छ ।
यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्।
यो पनि पढ्नुस् :-
दार्चुलामा बाढीको वितण्डा ,करिब डेढ दर्जन घरहरू बगायो
दार्चुलाको नौगाडमा पहिरोमा परेर एकजनाको मृत्यु