काठमाडौँ । गुल्मीको क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भएकाले उम्मेदवार सिफारिस गरिएको बताए ।
प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस गरिएको जीसीले बताए । पार्टीको प्रदेश कमिटीको बैठकमा उठेको एजेण्डा अनुसार केन्द्रीय तहका नेतालाई ल्याएर जिताउन सकिने क्षेत्रमा केन्द्रका नेतालाई प्रस्ताव गर्ने भन्ने रणनीति अनुरुप प्रचण्डको नाम सिफारिस गरिएको जीसीले उल्लेख गरे ।