काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज (शनिबार) दिउँसो ४ बजे बस्ने भएको छ ।
शुक्रबारका लागि तय गरिएको भएपनि प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालको व्यस्तताको कारण बैठक बस्न नसकेको हो ।
गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले आइतबार प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदनमा सिट संख्या टुंगाइएको थिएन । आज बस्ने शीर्ष नेताहरूको बैठकले सिट संख्या टुंगो लगाउने तयारी छ ।