काठमाडौँ । जनता समाजवादी पार्टीले आसन्न प्रदेशसभा निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर २ (क) बाट विद्यार्थी नेता किशोर कुमार यादवको नाम सिफारिस गरेको छ ।
जसपा क्षेत्रीय समितिको बैठकले यादवसहित मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्य नेत्र विक्रम साह, जसपा केन्द्रीय सदस्य अमरनाथ मण्डल, सत्यनारायण यादवको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय समितिबाट भएको सिफारिसको आधारमा जिल्ला समितिले समेत प्रदेश समितिलाई सिफारिस पठाइसकेको र अब सोही सिफारिसको आधारमा प्रदेश समितिले उम्मेदवार चयन गर्न केन्द्रीय कार्यकारिणीसमितिमा पठाउन जनाएको छ ।