धनगढी । कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ८ खुटिया नदीमा नुहाउने क्रममा सोही ठाउँका १४ वर्षीय रोहित गुरुङको मृत्यु भएको हो ।
गुरुङलाई नदीले बगाएको खबर प्राप्त हुना साथ तीन जनाको प्रहरी टोलीले खोज तलास गर्दा नदीबाट अन्दाजी १५० मिटर दक्षिण नदीको किनारमा मृत अबस्थमा लाश फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गुरुङको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।