काठमाडौं । नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ। गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा उक्त पुरुस्कार प्रदान गरिने भएको हो।
संघ तथा बिबी फाउन्डेसनद्वारा पुनलाई संयुक्तरूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो। पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ।