काठमाडौं । आज शुक्रबारका लागि तय गरिएको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ । शनिबार बैठक बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा जानकारी दिए ।
गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले आइतबार प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदनमा सिट संख्या टुंगाइएको थिएन ।
आज बस्ने भनिएको शीर्ष नेताहरूको बैठकले सिट संख्या टुंगो लगाउने तयारी गरेको थियो । प्रधानमन्त्री देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालको व्यस्तताको कारण बैठक आज बस्न नसकेको जनाएको छ ।