धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रशासनिक रुपान्तरण नभएका कारण आफूले चाहेका काम गर्न नसकेको बताएका छन् ।
नेपाल जेसिजको एरिया ‘घ’ सम्मेलनलाई शुक्रबार टीकापुरमा सम्बोधन गर्दै उनले जनताको पक्षमा काम गर्न खोज्दा अवरोध भएको बताएका छन् ।
‘नीतिहरू कार्यान्वयन गर्ने र प्रशासनिक कमजोरीका विषयमा बहस नै भएन,’उनले भने,‘इमानदारीपूर्वक शासन चलाउने कुराको पनि कमी भयो होला, भने जस्तै गर्न नसक्दा जनस्तरमा आलोचना र वितृष्णा बढ्दै गएको छ ।’
मुख्यमन्त्री भट्टले अधिकांश समय कर्मचारीले काम गर्न नदिएको बारेमा उल्लेख गरेका छन् । उनले नेतृत्वका हिसाबले आफू कमजोरी स्वीकार्न तयार रहेको बताउँदै कर्मचारीतन्त्रले समेत कमजोरी स्वीकार गरेर अघि बढ्नुपर्ने बताए ।