राजविराज। मंसिर ४ मा हुने निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर २ (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट डा.शरदसिंह यादव उम्मेदवार सिफारिस भएका छन्।
उम्मेदवार सिफारिसपछि डा.शरदसिंह यादवले बृहत विकासको लागि एउटा रोड म्याप तयार गरेर समाजसेवामा लाग्ने योजना रहेको बताए।
डा. यादवको बुवा योगेन्द्र प्रसाद यादव राजनीतिमै लागेका थिए। तत्कालीन सद्भावना पार्टीका जिल्ला अध्यक्ष समेत रहेका उनको २०६२÷०६३ को आन्दोलको क्रममा हृदयघातबाट निधन भएको थियो।
बुवा योगेन्द्रले जनतालाई देखाएको सपना पुरा गर्ने समय आइसकेकोले चुनाव जितेपछि भ्रष्टाचारविरुद्ध लडेर सुशासन कायम गराउने तर्फ अग्रसर हुने उनले बताए।
उनले जनताले मौका दिए विकास गरेर परिवर्तन भएको महसुस गराउने प्रतिवद्धता जनाए।
प्रदेशसभा सदस्यमा यादवसहित ५ जनाको नाम सिफारिस गरिएको छ। यादवसँगै शैलेश कुमार चौधरी, विनोद कुमार, शम्भु प्रसाद यादव र राजकुमार लाला दासको नाम सिफारिस गरिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए।