काठमाडौं। आगामी निर्वाचनमा गठबन्धन गर्नेबारे नेकपा एमाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू सकरात्मक देखिएका छन्।
चुनावी गठबन्धनबारे एमाले र लोसपाका नेताहरू निरन्तर छलफलमा छन्। चुनावी गठबन्धनबारे शुक्रबार पनि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ।
यसअघि ओली–ठाकुरबीच मंगलबार, बुधबार र बिहीबार पनि छलफल भएको थियो। छलफल सकरात्मक भएको लोसपाका एक नेताले बताए।
लोसपासँग मिलेर अघि बढ्न एमाले दलका उपनेता सुवास नेम्वाङ र नेता गोकुल बास्कोटाले पनि वार्ता गरेका थिए।
उनीहरूले चुनावी तालमेलका लागि कार्यदल बनाउने सहमति गरिसकेका छन्। उक्त कार्यदल छिट्टै बनाएर सिट बाँडफाँटको विषय टुंगो लगाउने उनीहरूको तयारी छ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता सकरात्मक नभएपछि लोसपा एमालेसँग गठबन्धन गर्ने मनस्थितिमा पुगेको हो।