काठमाडौं। आजभोलि स्मार्टफोनको प्रयोग बढेसँगै फोटो र भिडियो खिच्नु सामान्य बन्दै गएको छ।
सबैका हात–हातमा स्मार्टफोन र राम्रा क्वालिटीको क्यामेरा त्यहीमाथि टिकटक र फेसबुकले यसको क्रेजलाई ह्वात्तै बढाएको छ। विवाह होस् या अन्य पार्टी उत्कृष्ट भिडियो र फोटोको चाहना हरकसैमा हुन्छ तर यसको आवश्यक ज्ञानबिना त्यो सम्भव छैन। पछिल्लो समय फोटो र भिडियोग्राफीमा मनग्य ज्ञान बटुलेका नील विष्ट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका लागि कुनै नौलो नाम होइन।
केही वर्ष अघि शौखको रुपमा भिडियोग्राफीमा होमिएका नील फोटो र भिडियोग्राफीका लागि यतिखेर हस्तीकै रुपमा परिचत छन्। भिडियोग्राफी भन्ने बित्तिकै भिडियो पारखीहरु माझ उनको अलगै पहिचान छ। आफ्नो कर्मलाई नै सबथोक मान्ने उनको यहि स्वभावले हुनपर्छ, भिडियोग्राफीमा उनको दवाब अलग्गै छ।
बाल्यकालदेखिको शौख, बिभिन्न प्रशिक्षणले भिडियोग्राफीमा खारिएका नील बिगत दुईवर्षदेखि यस फिल्डमा ब्यवसायिक रुपमै जम्दै आएका छन्। निका क्रियशनको नामले चर्चामा चुलिएका नीलले हजारौं फोटो र दर्जनौं भिडियो कन्टेन्टहरु दिएर आफुलाई भिडियो र फोटोग्राफीमा अब्बल साबित गर्दै आएका छन्। सेलिब्रेटीको फोटो सुट होस् या अन्य कार्यक्रम नील फोटो र भिडियोग्राफीमा सर्बाधिक रुचाइने पात्र हुन्।
एकै इभेन्टका फोटो र भिडियोलाई फरक–फरक टेस्ट दिन माहिर नीलको परिचय यतिमै समाप्त हुँदैन, उनी एक फिटनेस लभर पनि हुन्। ‘फिटनेस गन्तव्य होइन, यो जीवनको एक तरिका हो’ भन्ने मान्यता बोकेका उनी फिट्नेसका डाइहाट फ्यान हुन्। समय, परिस्थितिले उनलाई बेला–बेलमा फिट्नेसबाट टाढा राखेपनि उनको फिट्नेस फिभर भने धेरैबेर टाढा रहदैन।
गोरो वर्ण, स्टाइलिस लुक, मोडलिङ ब्यक्तित्वका धनी नील आउटलुक्स र भिडियोग्राफीमा मात्रै हैन अभिनय पनि उत्तिकै माहिर छन्। उनको टिकटकमा रहेको रोमान्टिकदखि र्यापसम्मको अभिनयले हरकोहीलाई अचम्भित पार्न सक्दछ।
विभिन्न, म्युजिक भिडियो, सर्ट मुभी, भिडियो रिर्पोट, डकुमेन्ट्रीमा समेत आफ्नो सक्षमता प्रस्तुत गरिसकेका नील आगामी प्रोजेक्ट म्युजिक भिडियोको तयारीमा जुटिसकेका छन्।
हातमा क्यामेरा र आवश्यक सामग्री लिएर छयांकनमा तल्लीन रहदा संसार बिर्सिने नील भिडियोग्राफीलाई अझै व्यवस्थित र अझै व्यवसायिक बनाउँदै आफ्नो जीवन यसैमा समर्पण गर्ने उनले प्रण लिएका छन्।