डोटी,२३ भदौ । नेकपा माओवादी केन्द्र डोटीले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सिफारिस गरेको छ।
बुधवार बसेको पार्टी जिल्ला समन्वय समिति डोटीले उनलाई सिफारिस गरेको हो।उनलाई सर्वसम्मत सिफारिस गरिएको माओवादी केन्द्र डोटीका पार्टी संयोजक कमलबहादुर गड्सिलाले बताए।