काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँडमा सहमति जुटाउन गठन भएको कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
कार्यदलका सदस्य तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार सिट संख्या भने शीर्ष नेताहरूले नै टुंग्याउने गरी प्रतिवेदन बुझाइएको हो । त्यसका लागि शुक्रबार पनि बैठक बोलाइएको छ ।