काठमाडौं। ईन्द्रजात्राका कारण भोलि शुक्रबार सवारी साधन प्रभावित हुने भएको छ।
ईन्द्रजात्राको अवसरमा जात्रा अवधिभर विभिन्न स्थानहरुबाट बसन्तपुर, हनुमानढोका दरबार सवारी आवागमनमा सवारी रोक तथा डाईभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ।
साथै विविध कारणबस महाराजगंज–लाजिम्पाट–लैनचौर–दरबारमार्ग–भद्रकाली–न्यूरोड गेट सडक खण्डमा दिउँसो २ बजेदेखि साढे ४ बजेसम्म सवारी साधन प्रभावित हुने हुँदा बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ।
सवारी साधन प्रवेशमा रोक लाग्ने स्थानहरु:
– जात्रा संचालन अवधिभर ट्राफिक डाईभर्सन शुक्रबार समय १ बजेदेखि १० बजेसम्म।
– मालवाहक सवारी साधन रोकः विहान ९ बजेदेखि बेलुका १० बजेसम्म ।
सवारी साधन प्रवेशमा रोक लाग्ने स्थानहरु :
भोटेवहाल पिपलबोट,लगन सिलखाना,गोफल चोक, इनाखा गणेश मन्दिर, लगन चोक, भोटेवहाल, वण्डे, गुणकामदेव मार्ग, क्वाहिटी मार्ग, परोपकार, रामघाट पिपलवोट, छ्वासा पाखा, शान्ति निकुञ्ज चोक, मरु ढुङ्गे धारा, प्याफल चोक, ईन्द्र चोक, मखन गल्ली, मखन महादेव, जुद्वशालिक, झोसे चोक, जोर गणेश चोक र यंगाल चोक ।