काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआई टीआई) को बैठक बस्दैछ।
बिहीबार शिक्षा मन्त्रालयमा टीआई टीआईको बैठक बस्न लागेको हो।
कन्सलटेन्सी खोल्नका लागि टीआई टीआईको कागजात चाहिन्छ। साथै, दुईजना टीआई टीआई तालिम लिएको काउन्सलर अनिवार्य हुनुपर्ने व्यवस्था छ।
टीआई टीआईको कागजातको आधारमा शिक्षा मन्त्रालयले कन्सलटेन्सी खोल्नका लागि अनुमति दिने गर्दछ।
आजको बैठकले टीआई टीआई तालिम सम्बन्धि मापदण्ड परिमार्जन गर्न सक्ने सम्भावना छ। साथै, नयाँ कल्सलटेन्सी खोल्नेबारे पनि बैठकले निर्णय लिने बताइएको छ।
विश्वस्त स्रोतका अनुसार अर्को बैठकमा आज परिमार्जन गरिएको टीआई टीआई तालिम सम्बन्धि मापदण्डबारे निर्णय लिइनेछ। त्यसपछि कन्सलटेन्सी खोल्नका लागि बाटो खुल्नेछ।
अर्को बैठक छिट्टै बस्ने स्रोतको दाबी छ।